कञ्चनपुर: कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ । बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका-२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको हो ।
आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
Facebook Comments Box