काठमाडौं: एक दिदीले आफ्नो प्रेमीलाई बहिनीको अश्लील भिडिओ बनाएर पठाएको घटना बाहिरिएको छ।
साइबर ब्यूरोले अनुसन्धानका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले उक्त घटना पत्ता लगाएको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उक्त टुलले छ महिनाअघि एउटा बालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओको अलर्ट पठाएको थियो ।
उनका अनुसार ६ महिनाअघि एआई टुलले बालिकाको यौन भिडिओ हेरिरहेका पुरुषको जानकारी पठाएर अलर्ट गराएको थियो। टुलले बाल यौन दुर्व्यवहारको भिडिओ हेरिरहेको पुरुषको जानकारी ब्यूरोलाई पठाएपछि कार्यालयको टिमले अनुसन्धान सुरु गर्यो।
उक्त घटनामा अनुसन्धान गर्दै जाँदा दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाएको पाइएको रायले बताए । उनका त युवतीलाई सम्झाइबुझाइ गरेर छाडिएको छ। किनकी उनको परिवार तिनै पीडकमाथि आश्रीत छ। गोपनियता कायम गर्न दिदीबहिनीको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
रायले सामाजिक सञ्जालमा अश्लील भिडिओ हेर्न भन्दै पठाएका लिङ्क नखोल्न सुझाव दिएका छन् । भिडिओ हेर्नेमाथि कारबाही गरिने उनले बताए।