धनगढीः जिल्लाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर मृत्यु भएको छ। मकालु बेस क्याम्पमा मकालु गाउँपालिका –२ सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो। मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए।
मकालु–२ सेदुवाका विष्ट विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए।
विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ।
Facebook Comments Box