काठमाडौँ: मिस नेपाल वर्ल्ड-२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिवार भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।
२३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् ।
यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
Facebook Comments Box