एजेन्सी: भारतको बैंगलोर जाँदै गरेको नेपाल एयरलाइन्सको विमानसँग चरासँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शनिबार दिउँसो पौने २ बजे उक्त दुर्घटना हुनबाट टरेको र बेंगलुरुको उडान RA-244 का यात्रुहरूले ठूलो आवाज सुनेको बताएका समाचारमा उल्लेख छ।
१५६ जना सवार उक्त विमान शनिबार चरासँग ठोक्किएपछि काठमाडौं फर्काइएको समाचारहरूमा उल्लेख छ।
उक्त विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको र विमान सकुशल अवतरण भएको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ। प्राविधिकहरूले विमानको जाँच गरिरहेका जनाइएको छ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमान सकुशल अवतरण गरेको जानकारी दिएका थिए।
Facebook Comments Box