काठमाडौं: बुधबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पञ्चेश्वर परियोजनाको कामले गति लिने बताएका छन्।
शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार सांसदहरुले राखेको जिज्ञासा मेटाउने क्रममा उनले आफ्नो भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा यसपटक नयाँ समझदारी हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘पञ्चेश्वरका बारेमा छलफल चलिरहेको छ । सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ।’
प्रधानमन्त्री २० जेठसम्म भारतमा रहनेछन् ।
Facebook Comments Box