डडेल्धुरा: नेपाल हृदय रोग निवारण प्रतिष्ठान डडेल्धुरा शाखा सभापतिमा सुरेन्द्रसिंह ऐर चयन भएका छन्।
शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट महेन्द्र माविका प्राचार्य ऐर सर्वसम्मत सभापतिमा चुनिएका हुन्।
कार्यसमितिको सदस्यमा मदनरजाज चटौत, सुभाष भट्ट, मेखराज भट्ट, पार्वती गुरुङ, अशोक बम, सुरेन्द्रबहादुर भण्डारी, नरेशबहादुर थापा, डम्बरबहादुर भण्डारी, हरिपृया गैराल, टेकराज पाण्डेय, तुलक्षी पाण्डेय जोशी चयन भएका छन्।
केन्द्रीय समितिको आयोजनामा ६ जना हृदय रोग विशेषज्ञको टिमले महेन्द्र माविमा मुटु स्क्रिनिङ्ग क्याम्पियन समेत चलाएको थियो।विद्यालयका १४ सय विद्यार्थीहरुमध्ये उपस्थित ११ सय बढी विद्यार्थीहरुका साथ करिब एक सय जना अभिभावकहरूको मुटु स्क्रिनिङ्ग गरिएको हो।
Facebook Comments Box