धनगढीः कैलालीमा बस पल्टिएको छ। आइतबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको कर्णाली रिभर साइडको बस दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले उक्त बस अनियन्त्रित भएर पल्टिएको र ८ जना घाइते भएको जनाएको छ। बसमा जम्मा २७ जना सवार थिए।
धनगढीबाट टिकापुर गइरहेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ।
चालक धनगढी बस्ने २६ वर्षीय विकास अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box