धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ काे अत्तरियामा भेटिएको शवकाे पहिचान खुलेकाे छ।
दुर्गा मन्दिरकाे पछाडि हत्या गरेकाे अवस्थामा बुधबार फेला परेकाे शव डडेल्धुराको अमरगढी नगरपालिका-७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन्। उनकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। परीक्षणपछि परिवारकाे जिम्मा लगाइनेछ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ। प्रहरीले हत्या भएको भन्दै अनुसन्धान जारी राखेको जनाएको छ।
स्रोतका अनुसार एकजना जनयुद्धका पूर्व लडाकुले आफ्नो पत्नीलाई गिद्दे नजर लगाउने गरेको भन्दै हत्या गरेको बयान दिएका छन्। तथापि उनले भनेअनुसार हत्यामा प्रयोग भएको सामग्री भने म्याच नभएकाले अनुसन्धान जारी नै रहेको बताइएको छ।
Facebook Comments Box