धनगढीः धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। आज उपमहानगरपालिको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका लागि गएका हुन्। धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो।
सोही कारण अवलोकन भ्रमण गएको जनाइएको छ। नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापक/शिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको टोलीलाई आज बिहान बिदाई गरिएको छ।
Facebook Comments Box