बैतडी: जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीबन्दीको सजाय माफ गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुर्नया गाउँपालिका–४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।
कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।
Facebook Comments Box