डडेल्धुराः डडेल्धुरा कारागारका तीन जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट दुई पुरुष र एक महिला कैदीबन्दी रिहा भएका हुन् ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन् ।
कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले बताए।
Facebook Comments Box