धनगढीः कैलालीको चुरे गाउँपालिका-५ का विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न नोटिस जारी गरिएको छ । सव डिभिजन वन कार्यालय सहजपुरले अतिक्रमित बस्ती खाली गर्न ७ दिने नोटिस जारी गरेको हो ।
चुरे गाउँपालिका–५ अन्तर्गत निगलाडी खोलादेखि भासुसम्म भीमदत्त राजमार्ग आसपास तथा जमुनीगाडा र खानीडाँडादेखि माल जाने आसपासको पुरै वन क्षेत्र खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ ।
सूचना जारी भएको ७ दिनभित्र वन क्षेत्रभित्र निर्माण गरिएका घरटहरा खाली गरेर आ–आफ्नो सामान लैजाने काम नभए बलपूर्वक वन क्षेत्र खाली गरिने र वन ऐन २०७६ बमोजिम कडाभन्दा कडा कारवाही गरिने समेत जारी सूचनामा उल्लेख छ ।
Facebook Comments Box