धादिङ्ग: धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश राउतमाथि स्थानीयलाई कुटपिट गरेका आरोप लागेको छ । सोही वडाको लाटु बस्ने ४३ वर्षीय राजकुमार थामीले आफू वडाध्यक्षबाट अकारण कुटिएको बताएका हुन् ।
गत जेठ ११ गते बेलुका ८ बजे आफ्नो फर्म र अनुदानका विषयमा सामान्य वादविवाद हुँदा वडाध्यक्ष राउतले आफूमाथि हातपात गरेको थामीको गुनासो छ । राउतविरुद्ध उनले पिस्कर प्रहरी चौकीमा उजुरीसमेत हालेका छन् ।
उजुरीमा आफ्नो जिऊज्यानको सुरक्षासहित घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । त्यस्तै, उनले क्षतिपूर्ति दावी गर्दै आफ्नो स्वास्थ्य उपचारको व्यवस्था मिलाइदिन पनि आग्रह गरेका छन् ।
वडाध्यक्ष राउतले स्थानीय कुटेको घटनाको चर्को विरोध भइरहेको छ । लाटुका स्थानीयले राउतलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
Facebook Comments Box