धनगढी: पछिल्लो समय कैलाली जिल्लामा लागुऔषध प्रयोगकर्ता, कारोबारी तथा ओसारपसारकर्ता बढेको पाइएको छ। विषेशगरी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीमा प्रहरीले ड्रग (लागुऔषध) ओसारपसार रोक्न तथा नियन्त्रण गर्न प्रहरीले अथक प्रयास गरिरहेको जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले कैलालीमा ड्रग नियन्त्रण गर्न प्रहरी क्रियाशील रहेको जानकारी दिए। हिजो (आइतबार) पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।
यस्तै उनले धनगढीमा अहिलेसम्म ड्रगको कारोबार गर्ने डिलर नै नभएको ठोकुवा गरेका छन्। उनले भारत (पारी गौरिफन्टा, पलिया) बाटै ड्रग सप्लाई हुने गरेको दाबी गरे। पारीबाट नै सप्लाई हुने भएकाले लागुऔषधको जालो तोड्न समस्या भैरहेको उनको भनाई छ।
Facebook Comments Box