काठमाडौँ: धादिङमा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवै जनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box