धनगढीः धनगढीमा एक लाख बढीका भन्सार छलिका समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १ लाख २३ हजार ५ सय ६५ रुपैयाँ बराबरका भन्सार छलिका समान बरामद गरेको हो ।
चिनी, मिठाई, पास्ता, नमकिन, सोडा, धोती, सुट, सुर्ति लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले बताएको छ ।
उपमहागरपालिका–३ मिलनचोकमा भारतबाट भन्सार छलि गरी ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारि बरामद गरिएको र कानुनी कारबाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box