कैलाली: कैलाली र कञ्चनपुरका दुई घरमा आगलागी भएको छ । प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिका–२ बन्दीपुरकी ४९ वर्षीया दिपा साउँद र कञ्चनपुरको पुनर्वास नगरपालिका–१ भकुण्डाका वीरबहादुर चौधरीको घरमा आगलागी भएको हो ।
साउँदको खरले छाएको एककोठे कच्ची घरमा चुलोमा बालेको आगो हावाले उडाई आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।
त्यस्तै, चौधरीको एकतले इटाले बनेको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
आगलागीबाट अन्दाजी एक लाख पचास हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको डाँगीले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments Box