काठमाडौँ: धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत बैतडीको पुर्चौँडी नगरपालिका ८ मल्लादेहीका ३८ वर्षीय डम्मर सार्कीलाई सांसद जानकी ऐर बमले सहयोग गरेकी छन् ।
आर्थिक अवस्था कमजोर भएका सार्कीलाई प्रदेश सभा सदस्य बमले सहयोग गरेकी हुन् । यही जेठ ३ गते राति हाटबजारबाट घर फर्कँदै गर्दा धन्तडा तुणकट्याको भीरबाट लडेर उनी घाइते भएका थिए ।
चार दिन आइसीयूमा राखेर उपचार गरिएका उनलाई जनरल वार्डमा राखिएको र उनी बेहोस अवस्थामा रहेको बताइएको छ । सार्कीलाई बचाउनका लागि आर्थिक सहयोग जुटाउन अभियान पनि सञ्चालन गरिएको छ ।
उनलाई उत्तम सर्कीको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर १२४०७०१००००००६ मा पैसा जम्मा गरी सहयोग गरिदिन आग्रह गरिएको छ ।
Facebook Comments Box