धनगढी: सुदूरपश्चिममा सरकारी पुरस्कार बाँड्न विज्ञापन खोलिएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन दिन भन्दै सोमवार सूचना निकालेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ । लोक संस्कृति, संगीत तथा नाट्य, भाषा तथा साहित्य र ललितकलातर्फ गरी चार विधामा पुरस्कार प्रदान गरिने र सोका लागि आवेदन दिन सूचनामा भनिएको छ ।
यसरी सार्वजनिक सूचना निकालेर आवेदन माग गरेपछि सर्जक तथा श्रष्टाहरुले आपत्ति प्रकट गरेका छन् । यसले पुरस्कारजस्तो कुरालाई ‘भिख’ मागेजस्तै माग्नुपर्ने अवस्था दर्शाउने र यसको औचित्यतामा प्रश्न उठ्ने उनीहरुको तर्क छ ।
यो सूचना केही दिनयता व्यापक विवादित बन्दै आएको छ । तर, प्रतिष्ठानका उपकुलपतिले भने यसलाई कानुनी प्रक्रियाकै रुपमा लिनुपर्ने जनाएका छन् ।
Facebook Comments Box