कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका माछा र बोईलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको लालझाडी गाउँपालिका–३ का ३८ वर्षीय रामबहादुर चौधरीले चलाएको म १ प ८५२ नम्बरको मोटरसाइकलमा भन्सार छली ल्याएका २५ किलो माछा र १ क्विन्टल २५ किलो बोईलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।
इलाका प्रहरी कार्यालय झलारी र बन्साहबाट खटिएको संयुक्त प्रहरी टोलीले कलुवापुर बेलौरी सडक खण्डमा मोटरसाइकलसहित माछा र कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ ।
माछा र कुखुरा इलाका प्रहरी कार्यालय झलारीमा ल्याइ रितपूर्वक नष्ट गरिएको प्रहरीले बताएको छ। चालकलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको जनाइएको छ।
Facebook Comments Box