काठमाडौँ: पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् ।
मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् ।
पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ ।
श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो । सम्भवको नाम औपचारिक रुपमा श्रृंखलासम्म आइपुग्दा धेरै जनासँग जोडिएको बताइन्छ ।
Facebook Comments Box