हेटौंडा: मकवानपुरको हेटौंडामा एक महिलाले आफ्नो दुईजना नाबालक छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छन् ।
बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी थिइन् ।
उनका छोरा जेनिसको आज बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोनी र उनका ७ वर्षीय छोरा अस्किनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर छ । विष सेवन गर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box