गोरखा – करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन्।
पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउमा गोरखा नगरपालिका-७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारेका हुन्।
चाउचाउलाई तातोपानीमा उमालेर हेर्दा किरैकिरा तैरिरहेको भेटिएको हो । चाउचाउ २०२१ मे मा बनेको लेखेको र डेटअफ नभेटिएको उपभोक्ताले बताएका छन् ।
एशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ गोरखा लगायतका क्षेत्रहरूमा लोकप्रिय छ। कम्पनीबाट हिफाजतसाथ पठाएको चाउचाउ म्याद गुज्रिएर वा खोल च्यातिएर बिग्रिएको हुनसक्ने गण्डकी प्रदेशका सेल्स मेनेजर सूर्यराज बरालको भनाइ छ।
Facebook Comments Box