धनगढी: कैलाली र बैतडीबाट प्रहरीले करीब साढे २ लाख रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ । कैलालीको भजनी नगरपालिकाको कुटीबाट बिहीबार अवैध समानसहित भारतको लखिमपुर खिरीका २३ वर्षीय सरिफ अलिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार उनले चलाएको युपी३१एसी३७३९ को मोटरसाइकलमा ल्याइरहेको ६ पेटी र मोटरसाइकलसहित अन्दाजी एक लाख १० हजारको समान बरामद गरिएको हो ।
उक्त समान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिकाको गोठलापानीबाट भन्सार छलीको समान बरामद गरिएको छ।
भारतबाट भन्सार छलि गरि ल्याएको चप्पल, छाता, पलाष्टिक, अचार, ज्वानो, बिडी, चाबी सलाई, मंगला तेल, बेसन, कापी, ताला, प्रेसर कुकर, नमकिन, नरिवल, दाल, चिनी लगायतका एक लाख ३५ हजार बराबरको समान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त समान आवश्यक कारवाहीका लागिा भन्सार कार्यालयमा पठाइएको छ।