काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ।
राजपत्रमा प्रकाशित भएको नागरिकतासम्बन्धी नयाँ ऐनमा नेपालभित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागेसम्म उनीहरूलाई नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ।
उनीहरूले १६ वर्ष उमेर पूरा गरेपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्ने व्यवस्था ऐनमा राखिएको छ।
https://drive.google.com/file/d/1zXINAYbu1_4sPlRZWf3dVCVPz-DK6M3v/view?usp=drivesdk
Facebook Comments Box