धनगढीः अंशबण्डाको विषयमा विवाद हुँदा इलामका एक पुरुषले आफ्नै बृद्ध बाबुको हत्या गरेका छन्।
७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टीका ३२ वर्षीय छोरा दीपक कुमाललाई आज बिहान प्रहरीले समातेको छ। गत ज्येष्ठ ८ गते अंशबण्डाको विषयमा विवाद भई दिपकले बुबा लोकबहादुरमाथि कुटपिट गर्दा उनी गम्भिर भएका थिए।
तत्कालै उपचारका निम्ति बिर्तासिटी अस्पताल पुर्याइएकोमा लोकबहादुरको आज बिहान निधन भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दिपकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box