कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले विभिन्न ठाउँबाट भन्सार छलीका सवारीसाधन जफत गरेको छ । प्रहरीले भन्सार छलीका दुई थान मोटरसाइकल, एक थान स्कुटर र एक थान साइकल जफत गरेको हो ।
साथै भन्सार छलीका रेडिमेट कपडाहरु, खुला कपडा, प्लाष्टिक, नरिवलको धुलो, मिठाई, तेल, जुस, जुत्ता चप्पल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
करिब तीन लाख ७५ हजार तीन सय एक मूल्य बराबरका समान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित संलग्न तीन जनालाई शुक्रवार कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box