मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।
मोरङ प्रहरीका अनुसार मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान भेटिएका हुन् । उनी सोही विद्यालयका लेखापाल हुन् ।
आगोले जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
Facebook Comments Box