धनगढीः धनगढी उपमहानगरपालिका–३ बोराडाँडी डिलासैनी टोलका ५२ वर्षीय वीरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका छन् ।
प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरी आफ्नो दुईतले पक्की घरमा शुक्रवार राति आगो लगाएका हुन् । आगलागीबाट कोठाभित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने विष्टलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Facebook Comments Box