धनगढीः कञ्चनपुरमा अवैध कुखुरा बरामद गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-४ चाँदनी बजारमा भारतबाट भन्सार छली ल्याएका २४ वटा कुखुरा प्रहरीले बरामद गरेको हो ।
अन्दाजी ५० किलोग्रामका १५ हजार मूल्य बराबरका ब्रोइलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले कुखुरा बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ । बरामद कुखुरा सरोकारवालाको रोहवरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।
Facebook Comments Box