काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन आज (बिहीबार) हुँदैछ । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने छ ।
बी र सी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग रहेका छन् ।
सी डिभिजनका क्लबमा नेम्वाङ समूह बलियो छ भने बी डिभिजनमा शेर्पा समूह बलियो छ । सी डिभिजनका लागि मतदान सुरु भएको छ भने बी डिभिजन क्लबको निर्वाचनको समय मध्यान्ह १२ बजे रहेको छ । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।
Facebook Comments Box