धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। आज बिहान टीकापुर नगरपालिका–८ कालीमाटी र भजनी नगरपालिका–७ चर्रा चोकमा भारतबाट भन्सार छलिगरि ल्याएका सुर्ती, सलाई, गुट्खा, बिडी, पलाष्टीक, बिडी, जुत्ता, चप्पल बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टिकापुर र भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले ८९ हजार बराबरको उक्त सामान बेवारीसे अवस्थामा फेलापारि बरामद गरेको जनाएको छ। उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्तीमा बुझाईएको प्रहरीले बताएको छ।
Facebook Comments Box