खप्तड : प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आजदेखि सुरु भएको उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।
उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेका छन् । उक्त सम्मेलनको उद्घाटन समारोहमा योगगुरु रामदेवको पनि उपस्थिति रहेको थियो ।
त्यसका साथै आचार्य बालकृष्णका साथै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एसका नेता झलनाथ खनाललगायतका उच्च पदस्यहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box