कैलालीः कैलालीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको छ।
जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा५६ प ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो।
उनी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकीमा खसेकी थिइन्। खसेपछि डगौराको टाउकोमा गम्भिर चोट लागेको थियो।
उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box