कैलाली: कैलाली एक लाख ३४ हजार एक सय ५५ रुपैयाँसहित दुईजना पक्राउ परेका छन्।
आज बिहिवार बिहान सवा एक बजे प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५का २८ वर्षीय पुष्कर कडारा र सोही नगरपालिका–३ मालाखेतीका १९ वर्षीय बिशाल बलायरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको बताइएको छ।
प्रहरीका अनुसार कडाराले चलाइरहेको अत्तरियाबाट धनगढीतर्फ जादै गरेको सु.प.प्र. ०१–००१ ह ३६५५ नम्बरको अटोलाइ चेकजाँच गर्दा सो रकम फेला परेको हो।
अटो र चालकसमेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box