सुर्खेत: कालिकोटमा रोकेर राखिएको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्य भएको छ। जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकिराखेको ग३च ४६१० नम्बरको डबल क्याब जीप एक्कासी ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ।
दुर्घटनामा परि रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँ कि ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक सर्वराज बमले जानकारी दिए।
यस्तै दुर्घटनामा परि सोही ठाउँ कि ३० वर्षीया रिता शाही गम्भिर घाइते भएकी छन्। उक्त जीप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको निरिक्षक बमले जानकारी दिए। जीप न्यूट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको हो।
Facebook Comments Box