दार्चुलाः दार्चुलामा बलात्कार आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पक्राउ परेका छन् । उनी दार्चुला बसपार्कबाट पक्राउ परेका हुन् ।
गत माघ २० गते जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा वडाध्यक्ष धामीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।
Facebook Comments Box