धनगढीः धनगढीमा भन्सार छलीका अवैध सामानसहित एक महिला पक्राउ परेकी छन् ।
बिहीवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ हाल धनगढी–३ बस्दै आएकी ४० वर्षीया सुमन भाट पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तीसहित भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, धनगढी–१३ राजपुरबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ । मिठाई, पानीपुरी, नरीवल, पाउडर दुध गरी करिब २० हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । ती सामान बेवारीसे अवस्थामा फेला परेका बताइएको छ ।
Facebook Comments Box