डडेल्धुरा: डडेल्धुराका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरुले बिहीवार शिक्षा समन्वय इकाई डडेल्धुरामा धर्ना पनि दिएका छन् ।
नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका सदस्य नरेश ऐरले सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । माग सुनुवाइ नभए असार २ गतेदेखि विद्यालय ठप्प पार्ने चेतावनीसमेत कर्मचारीहरुले दिएका छन् ।
विद्यालय कर्मचारीहरूले सहायक लेखापालहरूका लागि ३४ हजा सात सय ३० तलब र दुई हजार महंगी भत्तासहित ३६ हजार सात सय ३० र विद्यालय सहयोगीहरूका लागि २४ हजार दुई सय १० तलब तथा दुई हजार महंगी भत्ता गरी २६ हजार दुई सय १० पाउनुपर्ने माग राखेर धर्ना दिइरहेका छन् ।
Facebook Comments Box