डडेल्धुरा: पाटन संयुक्त क्याम्पसले डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रमाणपत्र सत्यापन पठाउँदै सिंहले स्नातक नगरेको उल्लेख गरेको हो ।
अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण हुनुपर्ने व्यवस्था छ । केही दिनअघि अस्पतालमा आयोजित कार्यक्रममा भने अध्यक्ष सिंहले आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दाबी गरेका थिए ।
यस्तै, अध्यक्ष सिंहले पदबाट राजीनामा दिने भएका छन् । सिंहले भने अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा दिन लागेको बताएका छन् ।
Facebook Comments Box