धनगढी: यतिबेला नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल गम्भीर आरोपको सामना गरिरहेका छन्। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ।
सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई’ तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाऔं’ भनेको भन्दै उनी विवादमा मुछिएका हुन्।
यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो।
पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्।
एसएसपी पालले यसअघि पनि पटकपटक यस्तै व्यवहार देखाउने गरेको त्यहाँ कार्यरत प्रहरीहरु बताउँछन्। एकदिन उनले सबै प्रहरीलाई बोलाएर अश्लील प्रश्न सोधेको एक प्रहरीले बताए। ती प्रहरीका अनुसार एसएसपी योगबहादुर पालले ‘गोरु गाईको माथि किन चड्छ’ भनेर सोधेका थिए।
उक्त प्रश्नपछि लाजले भुतुक्क भएका प्रहरी नाजबाफ बनेका थिए। महिला प्रहरीसमेत रहेको अवस्थामा एसएसपी पालले ‘टाढाको घाँस हेर्न गोरु गाईको माथि चढ्छ’ भनेर उत्तर दिएका थिए।
त्यस्तै ‘सेक्सी पारा’ का उनले एक अर्को दिन त्यस्तै प्रकारको कथा सुनाएको अर्का प्रहरी जवान बताउँछन्। ती प्रहरीका अनुसार उनले सुनाएको कथा यस्तो थियो:
‘एउटा गाउँमा चौतारो बनाउनुपर्ने भयो। एकदिन त्यही बारेमा बैठक बस्यो। बैठकमा एकजना बोल्न नसक्ने मान्छेलाई चौतारा कसले बनाउने भनेर सोधियो। उसले एक हातको औंलालाई अर्को हातमा बनाइएको दुलोमा छिराउँदै यसरी भन्यो रे। त्यस्तो अश्लील इसारापछि सबै ट्वाल्ल परे रे। तर, उसले भन्न खोजेको पुरुष र महिला दुवै मिलेर चौतारा बनाउने थियो रे।’
यस्तो अश्लील कथा सुनेपछि एसएसपीको कार्यकक्षमा उपस्थित सबै प्रहरी रातोपिरो बनेका थिए।
यो पनि:
महेन्द्रनगरका एसएसपी पालले हवल्दारलाई भनेका थिए: तिमी मन पर्यो, आज गुड फ्राइडे मनाऔं https://mahendranagarpost.com/?p=76002