कञ्चनपुर: कञ्चनपुरका एक युवक नहरमा मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ गोबरिया नहरमा भीमदत्त–१५ का ३५ वर्षीय भुवनराज भट्ट शनिवार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खेतमा सिँचाइका लागि नहरबाट पानी लगाउन भनेर घरबाट निस्किएका थिए । घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनी पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments Box