बैतडी: बैतडीमा महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ । जिल्लाको पाटन नगरपालिका ८, ९ र १० का ३० जना महिलालाई तालिम दिइएको हो ।
तालिममा तीनै वडाका कृषि सहकारीमा आवद्ध महिलाहरू सहभागी थिए । उनीहरुलाई यही जेठ २१ गतेदेखि ७ दिने तालिम दिइएको बताइएको छ । तालिममा फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको छ ।
महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
Facebook Comments Box