दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा फहराइएको छ ।
गाउँपालिकाले ०७९ असोजमा १५ फिट अग्लो १५ लाख बढीको लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको थियो । सोही स्तम्भमा नेपाली झण्डा फहराइएको हो ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिका बस्ती छाङरु र तिंकरमा राज्यको उपस्थिति तथा देश–विदेशमा नेपाल चिनाउन स्तम्भ तयार पारिएको बताइएको छ ।
Facebook Comments Box