काठमाडौं : नेकपा एमालेका सांसद तारा लामा तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउन खोज्नु षडयन्त्र भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले भने- ‘पांच सय करोडको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छोडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भयो ।’ उनले गेटामा विश्वविद्यालय बनाउन छोडेर अस्पताल नबनाउन सरकारलाई चेतावनी समेत दिएका छन् ।
राष्ट्रपतिले बाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुंदा सुदुरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै यसमा उनले सरकारको ध्यानआकर्षण समेत गराएका छन् ।
सांसद तामाङले कंचनपुरमा वर्षोदेखि रहेको आरक्ष पिडितको समस्या समाधान गर्नेमा समेत सरकारले ध्यान नदिएको र बजेटमा कुनै विषय उल्लेख नभएको आरोप लगाएका छन् ।