धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन्। आईतबार अनुगमनको क्रममा उनले जिल्ला प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन्।
प्रदेश प्रहरी प्रमुख बोहराले नागरिकलाई केन्द्रमा राखी सेवा प्रवाह गर्न र सेवाग्राहीलाई गरिने सेवा छिटो छरितो एवं चुस्त दुरुस्त रुपमा प्रवाह गर्न निर्देशन दिए । साथै सीमावर्ती ईलाकामा हुने तस्करी नियन्त्रण गर्न, फरार प्रतिवादि पक्राउ गर्न, गुण्डागर्दि नियन्त्रण गर्न र लागुऔषध कारोबारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भई प्रभावकारी रुपमा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न समेत निर्देशन दिए ।
दार्चुला पुगेका बोहरालाई जिल्ला प्रहरी कर्मचारीले माला र गुच्छाले स्वागत गरेका थिए ।
Facebook Comments Box