काठमाडौँ: अअ शिक्षक कर्मचारीहरूले टिकटक चलाए कारबाही हुने भएको छ। आइतबार एक सूचना जारी गर्दै नवलपरासीको गैँडाकोट नगरपालिकाले कक्षा कोठामा टिकटक, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल प्रयोग नगर्न भनेको हो।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै कार्यालयमा अवाञ्छित र अमर्यादित भाषा प्रयोग गर्ने, संस्थागत वा जनताको आम भलो हुने निर्णय गर्दा विद्यालय तथा कार्यालयमा व्यक्ती वा नेतृत्वलाई गलत लाञ्छना र अमर्यादित भाषा प्रयोग गर्नेको संख्या वृद्धि भएको गुनासो शिक्षा शाखामा पुगेपछि सूचना सार्वजनिक गरिएको हो ।
निर्देशन विपरीतका कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ।
Facebook Comments Box