बर्दिया: चितुवासँग सेल्फी खिच्न खोजेपछि बर्दियामा पाँच जना आक्रमणमा परेका छन्।
शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका -९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।
चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको छ।
चितुवा देखेपछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने प्रयास गरेका थिए।
Facebook Comments Box