धनगढीः धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्।
शनिवार एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको प्रतिष्ठासँगै आवश्यकता भएकाले आन्दोलनमा सहभागी हुन अपिल गरेका हुन्। उनले आम सर्वसाधारणसँगै स्थानीय तहका प्रमुख जनप्रतिनिधिलाई पनि अभियानमा सहभागी हुन अनुरोध गरेका छन्।
‘स्थानीय तहका प्रमुख, जनप्रतिनिधिलाई अनुरोध गर्न चाहन्छु की यो अभियानमा सबैले सहयोग गरौं। जुनसुकै दलमा भएपनि एकछिनका लागि दल बिर्सौ। यो हाम्रो प्रतिष्ठाको विषमा मात्रै होइन आवश्यकताको पनि कुरा हो’ उनले भनेका छन्।
Facebook Comments Box